तीन बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

2021-12-15
तीन बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । आज(मंसिर २९ गते)तीनवटा बैंकको वार्षिक साधारण सभा आयोजना हुँदैछ । बैंक अफ काठमाण्डू र शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।

बैंक अफ काठमाण्डूको २७ औँ वार्षिक साधारणसभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।  
यस्तै निफ्राको तेस्रो वार्षिक साधारणसभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा बिहान ९ बजेबाट भर्चुअल माध्यमबाट आयोजना हुँदैछ । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(करसहित)वितरणको प्रस्ताव गरेको छ ।  

यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित महाराजा रिसोर्टमा बिहान ११ बजेबाट आयोजना हुँदैछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११ु.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । 

AGM   

Share this with your friends: