नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का लागि नगद लाभांस घोषणा

2021-09-08
 नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का लागि नगद लाभांस घोषणा

काठमाण्डौ । नबिल बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो । 

आर्थिक वर्ष २०७७/७८ का लागि नबिल इक्विटी फन्डका इकाइधनीहरुका लागि ४० प्रतिशत नगद लाभांस र नबिल ब्यालेन्स्ड फन्ड २ का लागि पनि ३५ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरिएको हो ।  


Share this with your friends: