नयाँ सारथी लघुवित्तद्वारा लाभांस प्रस्ताव

2022-02-23
नयाँ सारथी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । १ प्रतिशत नगद लाभांस असोज ५ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीहरुका लागि मात्रै घोषणा गरिएको संस्थाले जनाएको छ । साविकको सारथि लघुवित्त र नयाँ नेपाल लघुवित्त मर्जरमा गएर एकिकृत कारोबार गरेको मिति अर्थात असोज ५ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीहरुको हकमा आयकर लाग्ने भएकाले ती सेयरधनीहरुलाई मात्रै नगद लाभांसको घोषणा गरिएको संस्थाले जनाएको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: