नवलपरासीको भटौलिया बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

2022-01-02
नवलपरासीको भटौलिया बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा यही पुस १६ गतेबाट ९० औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी  नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट करिव १२  लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ। 

बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि(म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।


Share this with your friends: