काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरमूल्य समायोजन गरेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७६.३६ रुपैयाँ कायम गरेको हो। सेयरमूल्य समायोजन भएपछि अबदखि नाडेपको सेयर कारोबार यहि मूल्यमा हुनेछ।
लाभांश पारितको मुख्य अजेन्डासहित नाडेप लघुवित्तले यही असोज २८ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। लाभांश र साधारणसभा प्रयोजनका लागि संस्थाले आज बुधबार (असोज १४ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज ९असोज १३ गते० सम्म कायम सेयरधनीहरुमात्र प्रस्तावित लाभांश पाउन र साधारणसभा भाग लिन योग्य हुनेछन्।
संस्थाले वार्षिक साधारणसभा काठमाण्डौको नागार्जुनस्थित रानीबन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा डोकेको छ।
सभाले आर्थिक वर्ष २०७५ र ७६ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। संस्था आर्थिक वर्ष २०७५र७६ का लागि चुक्तापुँजी ३६ करोड८० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र ०.५२ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।
बोनस सेय जारी गरेपछि संस्थाको अधिकृत पुँजी ६४ करोड रुपैयाँ, जारी पुँजी ४० करोड ४८ लाख रुपैयाँ र चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँ हुने भएकोले सोहीअनुसार पुँजी संरचनामा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
यसैगरी संस्थाको सेयर संरचना ७० ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।