कोरोना बीमाको दाबी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन

2020-10-21
कोरोना बीमाको दाबी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन

काठमाण्डौ । बीमा समितिले इजाजत प्राप्त सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल सरकारको असोज १९ गतेको मन्त्रीपरिषदबाट जारी कोरोना भाइरस(कोभिड १९) को संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश,२०७७ कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रीपरिषद्को उक्त आदेश अन्र्तगतबीमा समितिले सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन जारी गरेको हो। 

मन्त्रीपरिषद्को उक्त बैठकबाट पारित आदेश मा भएको दोस्रो संशोधन बमोजिम सो आदेशको दफा ३ मा कोभिड १९ को परिक्षण तथा उपचार सम्बन्धि व्यवस्थामा आर्थिक रुपले विपन्न,अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीको लगायतका जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्ष्यण तथा चिन्ह देखिएमा कोरोना परिक्षण तथा उपचार निशुल्क गरिने व्यवस्था गरिएको छ। तर उल्लेखित व्यक्तिहरुले कोरोना बीमा गरेको भए कोरोना बीमितले पाउने दावी भुक्तानी निजको अस्पतालमा उपचार बापत कुनै खर्च लागेको भए सो अस्पतालको बिल भुक्तानी गरी बाँकी रहेको रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

नयाँ व्यवस्था अनुसार कोरोना बीमित अस्पताल भर्ना भई उपचार खर्च लागेको भए, सो को बिल बमोजिम अधिकतम एक लाख रुपैयाँसम्म सिधैं अस्पतालमा भुक्तानी गर्न वा बीमितले अस्पतालमा भुक्तानी गरी बिल पेश गरेमा बीमितलाई कोरोना बीमा बापतको रकम भुक्तानीको व्यवस्था गर्न निर्देशन दिइएको छ। 

 


Share this with your friends: