निर्धन उत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

2022-01-10
निर्धन उत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको नवौँ वार्षिक साधारण सभा हिजो(पुस २५ गते) नक्सालमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २९.५ प्रतिशत बोनस सेयर र १.५५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै संस्थाको हाल कायम अधिकृत पूँजी २ अर्ब ५२ करोडलाई वृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गरिएको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिएको छ । 


Share this with your friends: