नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

2021-06-08
नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलैसम्मकै उच्च बिुन्दुमा पुुगेको छ। कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढ्दै प्रतिकित्ता २००८ रुपैयाँ पुुगेको छ। 

यसअघि गत मंसिर १८ गते कम्पनीको सेयरमूल्य प्रतिकित्ता १८३६ रुपैयाँको उचाईमा पुुगेको थियो। त्यसपश्चात ओरालो लागेको कम्पनीको सेयरमूल्यमा खासै वृद्धि हुन सकेको थिएन। तर पछिल्ला केहि दिनयता कम्पनीको सेयरमूल्यमा विस्तारै सुधार देखिन थालेको छ। 

आइतबार प्रतिकित्ता १८७५ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य हिजो वृद्धि भएर १९०१ रुपैयाँ कायम भएको थियो। 

 


Share this with your friends: