नेपाल हाइड्रो डेभलपरद्वारा लाभांस प्रस्ताव

2021-12-17
नेपाल हाइड्रो डेभलपरद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार रुपैयाँबराबरको बोनस सेयर र ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५७८.९५ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् ।  

यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: