नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारण सभाबाट लाभांस पारित

2022-01-04
नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारण सभाबाट लाभांस पारित

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(पुस २० गते)बैंकको २८ औँ वार्षिक साधारण काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । उक्त सभामा बैंकको सञ्चालक समितिद्वारा प्रस्तावित ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । 

यस्तै सभामा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको १ करोड २१ लाख १३ हजार ९२२ रुपैयाँ खर्चलाई अनुमोदन गरिएको छ । सभामा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । बैंकलाई प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । 

सभामा आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिबाट प्रस्तुत गरिने आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । 


Share this with your friends: