नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-02-22
नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारण सभाबाट पारित १२.६११ प्रतिशत बोनस सेयर मंसिर ५ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो। 

बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। मंसिर ५ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।


Share this with your friends: