नेपाल एसबीआई बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

2022-03-14
नेपाल एसबीआई बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले ५ वर्षे अवधिको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ ’ नामक ऋणपत्र निष्कासनका लागि वलागुन १६ गते बोर्डमा आवेदन दिएको हो।

बैंकले  रु. १००० अंकित दरको रु ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।      


Share this with your friends: