नेपाल टेलिकमद्वारा लाभांस प्रस्ताव,वार्षिक साधारण सभा कहिले ?

2022-03-15
नेपाल टेलिकमद्वारा लाभांस प्रस्ताव,वार्षिक साधारण सभा कहिले ?

काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

सञ्चालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस रहेका छन् । 

लाभांस वितरणको प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत २४ गते बिहिबारका दिन वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वािर्षक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/६७८ को पासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफलद गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेृ निर्णय गरेको छ ।   


Share this with your friends: