नेपाल हाइड्रो डेभलपरद्वारा लाभांस प्रस्ताव

2021-03-07
नेपाल हाइड्रो डेभलपरद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २६ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार ६३२ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन् । 

कम्पनीले आ.व २०७४/७५ का लागि प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर समेत आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयरमा समावेश गरिएको जानकारी दिएको छ । 

यो लाभांस कम्पनीको आउँदो चैत १७ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरिनेछ । कम्पनीले आउँदो चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको छ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ०३ गतेदेखि १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

 


Share this with your friends: