नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-05-24
नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक सेयर गत वैशाख २७ गतेदेखि लिलामीमा राखेको थियो। 

सेयर खरिदका लागि महुली लघुवित्तको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रु.७८६ र नेशनल लाइफको हकमा रु.४४९ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै बोलपत्र आवेदन पेश गर्दा महुली लघुवित्तको हकमा न्यूनतम ५०० कित्ता र अधितममा सम्पूर्णका लागि तथा नेशनल लाइफको हकमा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आज बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: