नेशनल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बापतको दाबी भुक्तानी

2021-07-01
नेशनल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बापतको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको पोृखरा लेखनाथ शाखाले पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई घातक रोग बापतको दाबी भुक्तानी गरेको हो । कम्पनीले लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्षले बीमित विजय गुरुङलाई घातक रोग बापत २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विजय गुरुङले नेशनल लाईफ इन्सोरेन्स कम्पनीमा २०७७ असोज महिनामा संजीवनी सावधिक अमृत बीमा गरेका थिए । उनलाई २०७७ चैत्रमा फस्ट हर्ट अट्याक आएको थियो र उनले मणिपाल शिक्षण अस्पतालमा उपचार गरेर पूर्ण रुपमा ठिक भएका थिए । 


Share this with your friends: