नेशनल लाइफद्वारा रु.५० लाख घातक रोग दाबी भुक्तानी

2021-09-13
नेशनल लाइफद्वारा रु.५० लाख घातक रोग दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाले ५० लाख रुपैयाँबराबरको घातक रोग दाबी भुक्तानी गरेको हो । कम्पनीले बीमित नारायण प्रसाद खरेललाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । 

उक्त रकम दमक शाखाका प्रमुख सुमन कुमार राईले हस्तान्तरण गरेका हुुन् ।  

बीमित खरेल ठूलो आन्द्राको क्यान्सरबाट पिडित छन् । झापाको दमक ५ निवासी खरेलले २०७७ साल असोज २६ गतेका कम्पनीमा १० बर्ष अवधिका लागि ५० लाखको जीवन बीमा गरेको थियो। खरेलले कम्पनीमा पहिलो किस्ता वापत ७ लाख २२ हजार ९ सय भुक्तानी गरेका थिए ।


Share this with your friends: