नेशनल माइक्रोफाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-11-18
नेशनल माइक्रोफाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगल लाभांस गरी कुल ४५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजीको ४० प्रतिशतले हुन आउने १६ करोड ७६ लाख २१ हजार ४२१ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६७७ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: