पोखरा फाइनान्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-03-24
पोखरा फाइनान्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ८.०७५ प्रतिशत बोनस सेयर पुस २१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो। 

संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। पुस २१ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।


Share this with your friends: