बीमा गरेको २६ दिनमै मृत्यु, परिवारले पाउने भए एक करोड

2020-10-11
बीमा गरेको २६ दिनमै मृत्यु, परिवारले पाउने भए एक करोड

जीवन बीमाले मानिसको जीवनमा कत्तिको महत्व राख्ला ? यदि तपाइँ आफ्नो परिवारको मुख्य आम्दानीकर्ता हुनुहुन्छ भने बीमाको महत्व अझै धेरै हुने गर्दछ। वर्तमानको आम्दानीबाट केहि अंश कटाएर भविष्यका लागि बीमा गर्दा यसले परिवारका सदस्यहरुका लागि सन्जीवनी बुटीको काम गर्ने गर्दछ। यस्ता भवितष्यहरुको आकँलन गरी जीवन बीमा गरेका एक व्यक्तिका परिवारका सदस्यहरुले एक करोड रुपैयाँ पाउने भएका छन्। यो घटना हो नेपालको नवलपरासी जिल्लाको। 

आफुलाई केहि भईहाले परिवारका सदस्यहरुको आर्थिक समस्या झेल्न नपरोस् भन्ने अभिप्रायले नवलपरासीका स्थानिय वासिन्दा सुवासचन्द्र गिरीले गत साउन ४ गते एलआईसी नेपालमा रु करोड रुपैयाँ बराबरको बीमा गरेका थिए। उनले एजेन्सी म्यानेजर प्रभा ज्ञवालीमार्फत जीवन बीमा गराएका थिए। बीमा गराएपछि गिरीले एकपटक बीमाको किस्ता समेत बुझाएका थिए। बीमा गराएको १८ दिनपछि अर्थात साउन २२ गते उनलाई कोरोना संक्रमण देखियो। कोरोना संक्रमण देखिएपछि उनले भैरहवाका दुई अस्पतालमा उपचार गराए। भैरहवाको उपचारले उनलाई छुन सकेन। त्यसपछि उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो। पाटन ल्याई पुर्याउदा सम्म उनको स्वास्थ्य अवस्था नाजुक बनिसकेको थियो। कोरोना विरुद्धको लडाई उनले जित्न सकेनन्। भदौ १ गते कोरोनाले गिरीको ज्यान लियो। उनको इर्हलिला सदाका लागि समाप्त भयो। 

उनले गरेको जीवन बीमाबारे उनका परिवारका सदस्यहरुलाई राम्रोसँग जानकारी थियो। उनले आफुले गरेको बीमा बारे परिवारका सदस्यहरुलाई बताएका थिए। गिरीको मृत्यु भएपछि उनका परिवारका सदस्यहरुले असोज १ गते दाबी भुक्तानीका लागि एलआईसी नेपालमा आवेदन पेस गरे। दाबी भुक्तानीका लागि आवेदन परेसँगै आवश्यक कागजातमा केहि समस्या देखिएपछि परिवारका सदस्यहरु कागजात जुटाउन लागे। सम्पूर्ण कागजात र प्रक्रिया मिलेपछि एजेन्सी म्यानेजरले असोज १७ गते एलआईसी नेपालको केन्द्धिय कार्यालयमा फाइल पेस गरिन्। यो कार्याका लागि उनले काठमान्डौ सम्मको यात्रा तय गरिन्। 

ज्ञवालीको सक्रियताका कारण कम्पनीले यहि असोज २१ गते एक करोड रुपैयाँको चेक जारी गर्यो। प्रभा ज्ञवालीका अनुसार कम्पनीले भोलि(असोज २६ गते) एक कार्यक्रमका बीच गिरीको परिवारलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गर्देछ। 

एजेन्सी म्यानेजर ज्ञवाली कम्पनीले छिटोछरितो रुपमा मृतकको परिवारलाई चेक जारी गरेर उदाहरणीय काम गरेका बताउछिन्। 

गिरी नेपाली कंग्रेसको जिल्ला उपसभापति हुनुका साथै एक सफल व्यवासायी समेत हुन्। उनी ब्लक व्यवसायी हुन्। 

 


Share this with your friends: