बुटवल पावर कम्पनीद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

2020-12-20
बुटवल पावर कम्पनीद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण्को प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

यसका साथै उक्त बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको उक्त २८ औँ वार्षिक साधारण सभा पुस २८ गते काठमाण्डौ बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुने भएको छ। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज(सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: