बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

2021-06-23
बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत जेठ २७ गते  ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते आवेदन दिएको थियो। 

अब बैंकले ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्नेछ । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ। 

१० वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ। 


Share this with your friends: