मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा लाभांस प्रस्ताव

2021-12-15
मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।


बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफा र सेयर प्रिमियम समेतबाट हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांस गरी कुल १३.५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: