महालक्ष्मी लाइफद्वारा प्रदेश १ मा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

2021-03-09
महालक्ष्मी लाइफद्वारा प्रदेश १ मा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २४ गते सोमबारका दिन षे तालिम सम्पन्न गरेको हो । 
 
कम्पनीले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा सोमबार इटहरीमा सो सम्बन्धि तालिम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । इटहरीको होटल गोर्खामा सम्पन्न उक्त तालिम कार्यक्रममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको थियो ।
 
अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकि थिइन् । 
 
तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख श्री प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए । आउने चैत्र महिनामा नेपालगंज र पोखरामा यस सम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । 

Share this with your friends: