काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । बैंकको ४ लाख ९८ हजार ०१९.०६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ ।
सेयर संरचना परिवर्तन गरिएसँगै बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ ।