महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

2022-01-09
महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभाआज आयोजना हुँदैछ। आज बैंकको २० औँ वार्षिक साधारण सभा काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुन लागेको हो। 

उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको हाल कायम अधिकृत पूँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी ८ अर्ब कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ।व २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: