महालक्ष्मी विकास बैंकद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

2022-02-18
महालक्ष्मी विकास बैंकद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ । बैंकको फागुन ५ गते बसेको सञ्चाल समितिको बैठकले स्थगित २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । 

बैठकले आगामी फागुन १३ गते शुक्रबारका दिन कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको हाल कायम अधिकृत पूँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी ८ अर्ब कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ।व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: