महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-04-21
महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । बैंकको गत फागुन १३ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत चैत ३० गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 

बैंकले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

बुक क्लोज मितिपश्चात हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा भने अद्यावधिक गरेपछि जम्मा गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।


Share this with your friends: