महालक्ष्मी लाईफको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' सम्पन्न

2021-01-31
महालक्ष्मी लाईफको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न भएको छ। पोखरामा यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिकर्ताहरुको स्वागत गान पछि कार्यक्रम प्रारम्भ भएको थियो । 
 
व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रेरणामुलक तालिम प्रदान गरेका थिए। कार्यक्रममा मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताको तर्फबाट बासुदेव त्रिपाठी,विमल सापकोटा ज्ञवाली, सरस्वतीपन्थी, कुमार बहादुर कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रममा नियो डिजिटल प्रा.लि. ले अभिकर्ताको लागि अत्यन्त उपयोगि सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए ।

Share this with your friends: