मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

2021-12-09
मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकरा प्रस्तावित कुल १४ प्रतिशत लाभांसमा चुक्तापूँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७.५० रुपैयाँको १३.३० प्रतिशतले हुन आउने १० करोड ६० लाख ५१ हजार १३२.६९ रुपैयाँ बराबरको बोनस सेयर र ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६३८.५ रुपैयाँबराबरको नगद लाभांस६(कर प्रयोजनका समेतका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: