मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी एफपीओ निष्कासन गर्ने

2021-06-09
मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।

संस्थाले यसअघि जारी गर्ने भनिएको ३७ हजार २६० कित्ता एफपीओको कित्ता संख्या बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने भएको हो ।
संस्थाले प्रति सेयर रु. १०० अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ निष्कासन गर्नेछ । संस्थाले एफपीओ निष्कासनका लागि यसअघि गत वर्षको असार २४ गते नेपाल एसबिआई आई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको थियो ।  अहिले एफपीओको कित्ता संख्या परिवर्तन भएको हुदाँ नेपाल एसबिनेपाल आई मर्चेण्ट बैंकिङसँग यहि जेठ २३ गते पुरक सम्झौता गरिएको संस्थाले जनएको छ । 


Share this with your friends: