युनिक नेपाल लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

2022-04-04
युनिक नेपाल लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयरका लागि चैत १७ गते सेबोनसमक्ष आवेदन दिएको हो । 

संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।   


Share this with your friends: