युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रतिकित्ता कति ?

2021-09-07
युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रतिकित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। 
कम्पनीको भदौ २१ गते सोमबारका दिन बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट पारित भएको ४५ कार्य दिनभित्र सेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २४ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीबाट प्रस्तावित लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।


Share this with your friends: