राधी विद्युत कम्पनीद्वारा लाभांस प्रस्ताव

2021-05-17
राधी विद्युत कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। 

यो लाभांस कम्पनीको आगामी १५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरनीहरुलाई वितरण गरिनेछ।  

 


Share this with your friends: