राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

2021-05-10
 राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ६ वर्ष अवधिको रु.२ अर्ब ५० करोड ऋणपूँजी रकम बराबरको “आरबीबीएल डिवेन्चर २०८३” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो । बैंकले ऋणपत्र निष्कासनका लागि सेबोनबाट गत वैशाख २२ गते अनुमति प्राप्त गरेको हो ।

यससँगै बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,००० अंकित मूल्यका २५ लाख युनिट डिवेञ्चर निश्कासन गर्नेछ । 

उक्त रु २ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये १५ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु १ अर्ब ५० करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।  

बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।


Share this with your friends: