राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-06-11
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २५ गतेदेखिरु. २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेकोमा ऋणपत्र खरिदका लागि आवेदन  दिने आज अन्तिम दिन रहेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ ५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

यो ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख  कित्ताले हुन आउने रु।१ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट तथा ४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन आउने रु।१ अर्ब ऋणपूँजी रकम बराबरको इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख  ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: