रिलायन्स फाइनान्सद्वारा लाभांस प्रस्ताव

2021-03-05
रिलायन्स फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ सम्मको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ८३ करोड २४ लाख १६ हजार ०६३ रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बरारको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ४३ लाख ८१ हजार १३७ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।  

 


Share this with your friends: