रिलायन्स फाइनान्सद्वारा लाभांस प्रस्ताव

2021-12-19
रिलायन्स फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य सञ्चित मुुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभँंस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख ४८ हजार ६५० रुपैयाँबराबरको बोनस सेयर र ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार ८७६.३३ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: