लक्ष्मी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2020-12-30
लक्ष्मी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्जमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा सञ्चालकन गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै प्रस्तावित बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै यो प्रस्ताव कार्यान्वयनका लागि नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संसोधन÷समायोजन गर्नका लागि सञ्चालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिइनेछ। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मकाृ नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायतका आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७७/७८का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रीताव समेत पारित गरिनेछ।      

 


Share this with your friends: