लक्ष्मी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

2021-10-03
लक्ष्मी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा समेतबाट २०७८ असार मसान्तमा कायम चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांस गरी कुल २७.३६८४२१ लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा असार मसान्तसम्ममा कायम चुक्तापूँजी ३२ करोड ४५ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख ९ हजार रुपैयाँबराबरको बोनस सेयर र ७.३६८४२१ प्रतिशतले हुन आउने २ करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँबराबरको नगद लाभांस रहेका छन । 

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: