विन नेपाल लघुवित्तद्वारा लाभांस प्रस्ताव

2022-03-28
विन नेपाल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । संस्थाद्वारा प्रस्तावित लाभांसमा असार मसान्तसम्म कायम रहेको चुक्तापूँजी ६ करोड १५ लाख रुपैयाँको ११ प्रतिशतले हुन आउने ६७ लाख ६५ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँबराबरको बोनस सेयर रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।   


Share this with your friends: