समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

2021-07-06
समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । 

कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म १३ लाख ८० हजार ७१८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर २ लाख ४५ हजार १६० कित्ताका लागि मात्रै आवेदन परेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रु.१०० देखि ३३० सम्मको दरले लगानी गर्ने बोलपत्रदाताहरुलाई माग बमोजिम नै सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

यसका साथै भुक्तानी फिर्ता दिने कार्य असार २२ गतेदेखि दरखास्त फारममा उल्लेख भएको बैंक खातामा सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ । 


Share this with your friends: