समृद्धि फाइनान्सको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन

2021-12-23
समृद्धि फाइनान्सको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी  लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(पुस ८ गते)अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि पुस ११ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोजर्)बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।  

कम्पनीले रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर २९ गते २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: