समृद्धि फाइनान्सद्वारा आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयरको रकम जम्मा गर्न आह्वान

2022-01-02
समृद्धि फाइनान्सद्वारा आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयरको रकम जम्मा गर्न आह्वान

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीले २ः१ को अनुपातमा प्रतिसेयर रु.१०० अंकित हकप्द सेयर खरिद आगामी माछ ५ गतेदेखि १२ गतेसम्म आफुले लिनुपर्ने हकप्रद सेयरबराबरको रकम जम्मा गर्न आह्वान गरेको हो । 

आधारभूत सेयरधनी र सञ्चालकहरुले पुलतीसडक काठमाण्डौमा रहेको संस्थाको खाता‘एसएफसीएल राइट सेयर २०२१’ (खाता न.९१६०५०१४८)मा रकम जम्मा गर्नुपर्नेछ । 

आधारभूत सेयरधनी भन्नाले हाल कायम चुक्ता पूँजी ५४ लाख ५९ हजार ४०९ कित्ता सेयर संख्याको १ प्रतिशतले हुन आउने ५४ हजार ५९५ कित्ता सेयर वा सोभन्दा बढी सेयर लिएका सेयरधनी भन्ने बुझिन्छ । 

समृद्धि फाइनान्सको १९ औँ वार्षिक साधारण सभाबाट पारित २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्तावलाई सेबोनले गत मंसिर २९ गते स्वीकृती प्रदान गरेको थियो ।    


Share this with your friends: