समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्कासन गर्ने

2022-02-08
समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि बिओके क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासनआगामी फागुन २९ गते बन्द हुनेछ । लगानीकर्ताले बिओके क्यापिटल नारायणचौर काठमाण्डौ तथा समृद्धि फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, तथा शाखा कार्यालयबुटवल,पोखरा,चितवन नारायणगढ,पुतलीसडक काडमाण्डौबाट आवेदन दिन सक्नेछन् ।   

कम्पनीले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट गत मंसिर २९ गते २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: