समृद्धि फाइनान्सको अवितरित हकप्रदमा भोलिदेखि बोलपत्र पेश गर्न सकिने

2020-11-24
समृद्धि फाइनान्सको अवितरित हकप्रदमा भोलिदेखि बोलपत्र पेश गर्न सकिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीम राख्ने भएको छ। कम्पनीले भोलिदेखि(मंसिर १० गते) १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर लिलामीमा राख्ने भएको हो। 

कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो। कम्पनीले हकप्रद जारी गर्दा खरिद आवेदन नपरेको १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर लिलामीमा राख्न लागेको हो। यसमध्ये संस्थापक समूहको १३ लाख ८५ हजार २३८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता रहेका छन्। 

कम्पनीले लिलामीमा राख्न लागेको सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको काठमाण्डौको कमलादीस्थित कार्यालयमा मंसिर १७ गते बैंकिङ समयभित्र बोलपत्र पेस गर्नु पर्नेछ। 


Share this with your friends: