समृद्धि फाइनान्सको हकप्रद सेयर बाँडफाँड

2022-03-31
समृद्धि फाइनान्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत १६ गते बाँडफाँड गरिएको हो । 

बैंकले गत फागुन ८ गतेदेखि २९ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई १७ लाख ८९ हजार २३९ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी चैत २० गतेदेखि आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ । रकम जम्मा नभएमा बीओके क्यापिटल मार्केटमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ । 


Share this with your friends: