सहारा विकास बैंकद्वारा लाभांस प्रस्ताव

2021-07-07
सहारा विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असार २२ गते बसेको सञ्चालक समितिको १८२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी रु. २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँको कुल ५.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो। 

कुल लाभांसमध्ये ५.०५ प्रतिशतले हुन आउने १ करोड ३७ लाख ४९ हजार ६६५.५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर र ०.२७ प्रतिशतले हुन आउने ७ लाख २३ हजार ६६६.६० रुपैयाँबराबरको नगद लाभांश(कर प्रयोजनका लागि) रहेका छन्।

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: