साँस्कृतिक सम्पदा प्रवर्द्धनका लागि एनएमबि बैंकको हेरिटेज वाक

2022-04-17
साँस्कृतिक सम्पदा प्रवर्द्धनका लागि एनएमबि बैंकको हेरिटेज वाक

काठमाण्डौ । एनएमबि बैंकले शनिबार नवौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। 

काठमाण्डौको बबरमहलस्थित एनएमबि भवन ९एनएमबि बैंक० बाट सुरु भएको हेरिटेज वाक वसन्तपुर डबलीसम्म पुगी समापन भएको हो। यो हेरिटेज वाक कोभिड १९ को प्रकोपपश्चात २ वर्षपछि आयोजना गरिएको थियो।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य, युनेस्काका सदस्य तथा सर्वसाधारण गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवनदेखि प्ले कार्डसहित डबली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो।

सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरिएको बैंकले जनाएको छ। प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मन्दिरसम्म, मधेश प्रदेश ९प्रदेश नं। २० मा वीरगन्ज शाखादेखि गहवामाई मन्दिरसम्म, गण्डकी प्रदेशमा चिप्लेढुंगा शाखादेखि भद्रकाली मन्दिर, प्रदे्रश ५ मा ट्राफिक चोक शाखादेखि जीतगढी किल्लासम्म र सुदूरपश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरु सरसफाइ गरिएको थियो। 

हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्ति नै माया गरौँ, यो मेरो साँस्कृतिक सम्पदा हो, यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीका लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, अ नेसन्स हेरिटेट रिसाइड्स इन दि हर्ट एन्ड सोल या इट्स पिपुल, वी स्ट्यानड टुगेदर टु प्रिजर्भ आवर हेरिटेजलगायतका नाराअंकित प्ले कार्डहरु थियो।

कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोका कन्ट्री डाइरेक्टर माइकल क्रोफ्टलगायतले सम्पदा संरक्षणको महत्वका बारे प्रकाश पारेका थिए। एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य राखेका थिए भने एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले साँस्कृतिक सम्पदा राष्ट्रको गौरव भएकोले यसलाई संरक्षण गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। 

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: