साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

2021-09-10
साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांस गरी कुल २६.३२ प्रतिशत लाभा.स वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र १.३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३२१.०५ रुपैयाँ नगद लाभांस रहेका छन् । 

नगद र बोनस लाभांस गरी कुल लाभांस रकम ६करोड ७६ लाख २६ हजार ४२१.०५ रुपैयाँ रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: